नियम १४
दर्ताको प्रमाणपत्रको प्रतिलिपि
(१) ऐनको दफा ४३ मा उल्लिखित अवस्था परी कुनै सवारीको दर्ताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित सवारी धनीले अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो सवारी दर्ताको प्रमाणपत्र दिने कार्यालयमा अनुसूची–१६ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनुपर्नेछ र त्यसको सूचना सम्बन्धित प्रहरी कार्यालयलाई दिनुपर्नेछ ।